Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्राइडे रिलिज : अनुको 'ईश्वर' फ्लप हुने सम्भावना

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- नायिका अनु शाहले झन्डै ५ वर्षपछि कमब्याक गरेको फिल्म ‘ईश्वर’ आजबाट सिनेमा हलमा रिलिज भएको छ ।

तर यो फिल्म हेर्न दर्शक आएका छैनन । सिनेमा हलहरुको बुकिङ पनि पुरै खाली रहेको देखिएको छ । यतिबेला नेपाली बकस अफिसमा हिन्दि फिल्म ‘कल्की’, ‘ब्याड न्यूज’को दबदबा छ । शुक्रबारबाट तमिल सुपरस्टार धनुष अभिनीत फिल्म ‘रायन’ पनि थपिएको छ । जसले गर्दा ‘ईश्वर’ले ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो अवस्थामा फिल्मलाई बलियो ‘माउथ पब्लिसिटी’ले मात्र हलमा टिकाइराख्न सक्छ । तर माउथ पब्लिसिटी गर्न सुरुमा दर्शक हलसम्म पुग्न पर्छ जुन इश्वरले पाउला जस्तो देखिएको छैन। यहि गतिमा फिल्म चल्यो भने यो फिल्म दुई दिनपछि हलबाट उत्रीने सम्भावना छ !

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्