Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍यो : गभर्नर अधिकारी

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गभर्नर अधिकारीले बताएका छन् ।

यस्तै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्