Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा

शुक्रबार, साउन ११, २०८१

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दरलाई सस्तो बनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक बैंक दर र नीतितगत दर दुवै सस्तो बनाइएको घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले हाल कायम नीतिगत दर ५.५ प्रतिशतलाई ५ प्रतिशतमा झारिएको जानकारी दिए । उनले बैंक दर पनि ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको घोषणा गरेका छन् ।

अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउन मौद्रिक नीतिले आवश्यक व्यवस्था गरेको बताएका छन् । शिथिल निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको उनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्