Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक वर्ष २०८१-८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताए ।

‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फीतिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्