Nic Ad Nic Ad
Nic Ad Nic Ad

सञ्चालकको सम्पत्तिलाई धितो मानेर सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गरिने

शुक्रबार, साउन ११, २०८१

काठमाडौं– नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचतकर्ताहरूको ५ लाख रुपैयाँसम्मको रकम सञ्चालकहरू र तिनका परिवारका सदस्यको नामको सम्पत्तिको धितोको सुरक्षणमा फिर्ता गर्ने नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ’, उनले भनेका छन् ।

यसअघि जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट ल्याउँदै तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यो व्यस्थाको घोषणा गरेका थिए । उनले त्यसबेला सरकारी नियमन निकाय गठन गर्ने र सहकारी मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको सुनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्