Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण दिइने

शुक्रबार, साउन ११, २०८१

 

काठमाडौँ - वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्ने गरी राष्ट्र बैंकले बिना धितो ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गरेको छ ।

शुक्रबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्