Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ : चन्द्रप्रसाद ढकाल

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन् ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताएका छन् । उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे ।

उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नु राम्रो पक्ष भएको बताए।

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न सक्ने लक्ष्य राखेको बताए । उनले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताए ।

अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताए। उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताए ।

उनले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजीकरण गरेकाले केही हदसम्म भए पनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताए ।

उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भए पनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । उनले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा त्यही अनुसार आउन आवश्यक रहेको बताए ।

उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्