Nic Ad Nic Ad
Nic Ad Nic Ad

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधनमा कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, साउन ११, २०८१

 काठमाडाैं - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख, कांग्रेस जिल्ला कार्य समिति काठमाडौँका उपसभापति एवं पूर्व क्षेत्रीय सभापति राजकुमार नकर्मीको निधनमा दुःख व्यक्त गरेका छन् ।

सभापति देउवा आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर नकर्मीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, जिल्लाका अन्य नेता एवं कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित थिए । उनको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा दाहसंस्कार गरिएको छ ।

साउन १० गते नगरप्रमुख नकर्मीको निधन भएको हो । विसं २०२० असार २० गते बिहीबारका दिन जन्मनु भएका नकर्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको आज जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

 
 

प्रतिक्रिया दिनुहोस्