Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीसहित पदाधिकारीहरुले लिए शपथ

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ - राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले शपथ लिएका छन् । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष शिवराज अधिकारी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

प्रधानमन्त्रीबाट शपथ लिएसँगै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश प्रसाद सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थी नियुक्त भएका थिए । 

यी मध्ये पूर्व सचिव सिंह अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट नियुक्ति लिएर पनि बहाल हुन नसकेका सदस्य हुन् । ओली सरकार आएसँगै गरिएको पहिलो महत्त्वपूर्ण निर्णयमा पनि ‘विवादित छवि’का सिंहले सदस्यको शपथ लिएरै छाडे । अदालतको यौटा निर्णयले उनको गरिसकिएको नियुक्ति रोकिएको थियो

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षसहित सदस्यहरूलाई नियुक्त गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्