Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन समितिले गृहसँग छलफल गर्ने

शुक्रबार, साउन ११, २०८१

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलका बारेमा गृह मन्त्रालयसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

शुक्रबारको बैठकमा समितिले तीन जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेको थियो । सो क्रममा उनीहरूले सहकारीमा देखिएको समस्या र समाधानका सुझाव दिएको समिति संयोजक थापाले बताए ।

संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्