Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइतबार काठमाडौँ उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ- श्रावण १३ गते आइतबार काठमाडौँ उपत्यकाका सबै पालिका तथा मातहतका निकायहरूमा सार्वजनिक बिदा दिइएको छ। 

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले सार्वजनिक बिदा दिएको हो।फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो ।

 ‘उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविस्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्