Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा नेपालको केन्द्रीय समितिको बैठक आह्वान

शनिबार, साउन १२, २०८१

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी आह्वान गरिएको छ ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू-राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्