Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यकाका पालिकाहरुमा आइतबार शोक विदा

शनिबार, साउन १२, २०८१

काठमाडौं - काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ ।

फोरमले उपत्यकाभरका पालिकाहरुमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । उपत्यकाका पालिकाहरुले सूचना जारी गर्दै आइतबार आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने जानकारी गराएका छन् । कीर्तिपुरका मेयर नकर्मीको बिहीबार निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्