Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौर्यको जहाज दुर्घटना : थप ६ जनाको शव परिवारलाई बुझाइँदै

शनिबार, साउन १२, २०८१

काठमाडौ - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ।

एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव बिहान १० बजेभीत्र आफन्तलाई बुझाउन लागेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका छन्। को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारलाई बुझाएको डीआईजी कार्कीले बताए।

केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन्। सौर्य एयरलायन्सले मृतक परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेण्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ।


 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्