नेभिगेशन
सुरक्षा–अपराध
प्रश्न

अब नामेट नाम बन्यो ‘गौशाला २६’

तर एउटा प्रश्न– सन्दीप लामिछाने र नेपाली क्रिकेटले पाएको क्षतिको भर्पाइ हुन सक्छ?

काठमाडौं– गौशाला २६ अब शान्त बस्न चहान्छिन्। पुरानो जीवनशैलीमा दैनिकी चलाउन चहान्छिन्। न कुनै एलिगेशन, न कुनै तनाब यी सबैबाट मुक्त हुन चहान्छिन्। 

कोर्ट कचहरीभन्दा पर रहन चहान्छिन्। जीवनको भविष्यकाललाई उज्वल बनाउन चहान्छिन्। कानुनी झमेलाबाट उन्मुक्ति पाउन चहान्छिन्। 

उनका चाहना अभिव्यक्त भइसकेका छन्, अब। त्यसैले उनी भन्छिन्,‘दुनियाँको बहकाब र दबाबमा परी कानुनी दूरगामी असरको विषयमा जानकार थिइँन, म अलग रहन चहान्छु यो झमेलाबाट।’

उनले जतिसुकै चाहे पनि गौशाला २६ नामेट नाम बनिसकेको छ। यसका विविध कारण, प्रश्न र असर छन्। 

तर, गौशाला २६ किन यस्तो चहान्छिन् भन्ने तथ्यलाई यहाँनेर राखौं। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा लगाएकी ‘गौशाला २६’ उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा नजाने निर्णयमा पुगेकी छन्। 

उनले महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा सोही विवरणसहितको निवेदन पेश गरेकी छन्। 

सन्दीपविरुद्ध जिल्ला अदालतले बलात्कारको फैसला सुनाएको थियो जसलाई उच्च अदालतले उल्टाइदियो। 

यसपछि भने गौशाला २६ ले आफूलाई केही व्यक्ति र संस्थाले दबाब दिएर मुद्दा मामिला गर्न लगाएको उल्लेख गर्दै यसको दूरगामी असरबारे आफू बेखबर रहेको पनि जनाएकी छन्। 

गौशाला २६ ले दिएको निवेदनमा भनिएको छ,‘ यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए।’

गौशाला २६ को यस्तो निर्णयसँगै अब सन्दीपले बलात्कार अभियोगबाट मुक्ति पाएका छन्। उनी यो मुद्दामामिलामा रहेका छैनन्। 

गौशाला २६ को निवेदनमा अगाडि भनिएको छ,‘लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु। मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु। साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ।’

उनले उच्च अदालतको आदेश र त्यसमा लिएका आधारलाई सम्मान गरेको बताउँदै शान्तिपूर्ण जीवन बाँच्ने पनि जनाएकी छन्।
तर यो नामेट नामले केही प्रश्न छाडेका छन्। 

आखिर यहि सत्य थियो भने सन्दीपको खोसिएको कप्तानी फिर्ता आउन सक्छ? उनले भोगेका मानसिक तनाब र बदनामीसहित लाञ्छनाले प्रताडित परिवारको भावनाको मूल्य कति हुन जाला?

राष्ट्रिय क्रिकेटले व्यहोरेको क्षति गौशाला २६ को चाहना कोरिएको चिर्कटोले फर्किएर आउला? 

विभिन्न महिला अधिकारवादीले सन्दीपमाथि लगाएका अभियोग, गरेका टिप्पणी र चलाइएका कारबाहीको दबाबपूर्ण आन्दोलन देखेका मलिन्द्र अनुहारको उदासी फिर्ता हुन सक्ला? 

भर्पाइ के हुन सक्छ? नेपालको कानुनमा यस्ता अभियोग र त्यसलाई पुष्टि हुने आधार नपाउँदा या अभियोगफिर्ता लिन्छु भन्दा त्यसले गरेको असरको क्षतिपूर्ति दिने व्यवस्था नहुँदा प्रायः उदाइरहेका मानिसहरू दाग बोकी हिँड्न बाध्य छन्। 

विषय सन्दीपको मात्र होइन, विषयचाहिँ पल शाहको पनि हो। उनले पूर्पक्षका लागि जेलमा बिताएका समयको मुल्य कति हुन आउँछ? यस्ता अभियोग र नामले सँधै चर्चा पाउँछन्। 

यहि क्रममा गौशाला २६ पनि अब नामेट छ, भलै उसले कानुनी झमेलाबाट अलग हुने चाहना राखिन्। यत्तिको विवेकको प्रयोग पहिला किन नगरेको होला?
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ