नेभिगेशन
राजनीति

सामाजिक सञ्जालमा नै प्रधानमन्त्री ओलीको ‘किर्ते कथा’, यसरी झुक्याए जनता 

काठमाडौं– शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकको पेजमा एउटा पत्र सार्वजनिक गरेका छन्। 

उनले लेखेका छन्,‘हामी छिट्टै भेट्नेछौं। आज शनिबार एकै छिन् म्यासेन्जर चेक गरेको थिएँ। कक्षा १० मा पढ्ने कृष्ण तामाङको यस्तो म्यासेज आँखामा पर्यो। उहाँसँग छिट्टै भेट हुनेछ। सबैको शनिवार सुखद रहोस्।’

ओलीको म्यासेज यस्तो छ। 

450434457_1191657218821587_2987590420764396200_n-1722058781.jpg
 

ओलीको यो उत्तर कतिसम्म किर्ते छ भन्ने विषयको पुष्टि कसरी हुन्छ भने विद्यार्थी भनिएका तामाङले पत्र लेखेको मितिलाई नियाँल्नुहोस्। 

उनको पत्रको मिति २०७९ साउन ६ गते लेखिएको छ। उक्त मितिमा ओली प्रधानमन्त्री रहेका थिएनन्। अर्कोचाहिँ यहि बर्षको साउन ६ गतेको पत्र भनी देखाउन खोजिएको हो भने यो दुई बर्षअघिको मिति किन राखियो? 

पत्रमा नेपालमा नयाँ निर्वाचित प्रधानमन्त्री भनी उल्लेख गरिएको छ। बधाई पनि दिइएको छ। 

०७९ मा नेपालको प्रधानमन्त्री ओली थिएनन्। उक्त बेला प्रधानमन्त्रीमा नेपाली कांग्रेसका शेरबहादुर देउवाले पद बहाल गरेका थिए। 

तर ओलीले आफूलाई पत्र आएको भनी यस्तो झूठ प्रचार गरेका छन्, पत्याउने जो कोही पनि जिल्लिन सक्छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति