Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

नालापानीमा बलभद्र, न्यूरोडमा बालेन

शनिबार, साउन १२, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा एउटा जुलुस निक्लियो। उनीहरूले गौरबका साथ भने,‘हाम्रो जित भयो, न्यूरोडबाट बालेनको डोजर फर्कायौं।’

एमालेबाट निर्वाचित महर्जनले पार्टीका कार्यकर्ताको फौज निकालेर नाराजुलुस लगाएका थिए। सहरको सौन्दर्यता, न्यूरोडको भविष्यको रेखाङ्कन र त्यसको दीर्घकालिन महत्व कोर्नका लागि बालेनले फूटपाथ बढाउनका लागि कमद चालेका थिए। 

महानगरका कमान्डरका हैसियतमा उनले लिएको निर्णयको बिरोधमा महर्जन र पुरै एमाले भिँड्यो। यो तत्कालिक जित जस्तो देखिए पनि यसको दीर्घकालिन असर देखिने नै छ। अन्य क्षेत्र सुन्दर हुँदा न्यूरोडको त्यो क्षेत्र भने अस्रेल्ल देखिनेमा द्विविधा छैन, पक्कै पनि। 

हुन त नेपाली इतिहास पनि यस्तै–यस्तै नै छ। वीर गोर्खाली सेनाका कमान्डर बलभद्र कुँवरले जब अंग्रेससँगको युद्धमा शंखघोष गरे उनको तत्कालिक हार त भएको थियो। तर, त्यो वीरताको गाथामा अंग्रेजले बलभद्र कुँवरको सहास र योजनाको कदर गरेको थियो। 

स्वतन्त्र मेयरसँग भलै कार्यकर्ताको पंक्ति तत्कालका लागि नहोला तर उनको वीरगाथा र योजना बुझ्न नसक्दा पछुताउने दिन पर छैन। 
यद्यपि, नालापानीको युद्धमा बलभद्र कुँवरको योगदान र प्रशंशा कसरी भएको थियो? 

बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।

उनले नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए। नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहीहरु नेपालीको हातबाट मारिए। 

यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भए पनि नेपाली वीरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे।

१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए। उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो। 

दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो।

जसरी बलभद्रको गाथा अंग्रेजले गाए त्यसरी नै सहरको विकासको नमूना देखेपछि एमालेका कार्यकर्ताले पनि बालेनको गाथा गाउन बाध्य हुनेछन्। 

यसका विविध उदाहरण छन्। बालेनको विरोधमा उत्रिएका कारणले नै युवा नेता महेश बस्नेतले तत्कालिक अवस्थामा निर्वाचनमा पराजय भोगेको भन्ने विश्लेषण पनि गरिन्छ।

अहिले बालेन केही ब्याक हुन बाध्य भए होला तर रणनीतिक हिसाबमा उनको पराजय भएको होइन। न्यूरोड क्षेत्रका व्यापारी र व्यावसायीले नै बालेनलाई फूटपाथ बढाउनका लागि आग्रह गरेका थिए। 

विशाल बजार व्यापार संघले पत्र लेखेर नै बालेनलाई आग्रह गरेका थिए। तर यसलाई राजनीतिकरण गरी न्यूरोडमा चिनीकाजी महर्जनले पार्टीको ताकत देखाउने प्रयत्न गरे। यसको दूरगामी असरचाहिँ उनले थाहा पाउने नै छन्। 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्