Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीमा चार मन्त्रीले लिए शपथ

शनिबार, साउन १२, २०८१

काठमाडौँ-  बागमती प्रदेशमा काँग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । लामाले आफ्नै दल काँग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

खड्किलाई सामाजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्री बनेका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्