समाज सेवामा युवाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की
मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
लायन्स क्लब विराटनगर सेन्टरको २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भने, ‘राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।’
उनले मुलुकमा लागूपदार्थ दुर्व्यसनमा युवा पुस्ता फस्दै भएकोमा चिन्ता व्यक्त गरे । यसबाट उनीहरूलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उनले आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्