Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा

शनिबार, साउन १२, २०८१

जनकपुर- जनकपुर-जयनगर रेल्वेको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका-३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

शनिवार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए । लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए ।

दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्