Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन प्रशासनले भन्यो त्रिशुलीमा खसेको बस भेटिएको भन्नेमा सत्यता छैन

शनिबार, साउन १२, २०८१

काठमाडौ - सिमलतालको पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्नेमा सत्यता नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा आएको बस भेटिएको भन्ने समाचारमा सत्यता नभएको प्रशासनले बताएको छ ।

‘बस अहिलेसम्म भेटिएको छैन’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने ‘कुनै आधिकारीक जानकारी प्राप्त भएको छैन ।’ अहिले प्रशासन टोली फिल्डमै भएपनि जानकारी प्राप्त नभएको उनले बताए । चितवन प्रहरीले पनि बस भेटिएको बिषयमा एक्सपर्ट टिमले पुष्टि नगरेको बताएका छन् ।

केराबारी क्षेत्रमा रातोरंगको केही वस्तु त्रिशुलीमा तैरिएको देखेर सिमलतालबाट बगाएको बस हुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै एक्सपट टिम केराबारी क्षेत्र पुगेर फर्किएको सुरक्षा निकाय फर्किएको छ । ‘बस अहिलेसम्म भेटिएको छैन । त्यहाँ हराएको चुम्बकसंग टिनको पाता राखिएको थियो । त्यही टिनको पाता बगाएर माथि उत्रेको हो’, फिल्डमा खटिएको सशस्त्र प्रहरीले भन्यो ।

दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ । बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो ।

सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २३:५०
प्रतिक्रिया दिनुहोस्