Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

आइतबार, साउन १३, २०८१

पर्सा-आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एक जना बालिकाको ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एक तिहाइले बढेको बताए । 

आव २०७९/८० मा भने २९ पुरुष, पाँच-पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८  सवारी दुर्घटना भएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्