Nic Ad Nic Ad
Nic Ad Nic Ad

कीर्तिपुरका मेयर नकर्मीको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा

आइतबार, साउन १३, २०८१

काठमाडौँ– काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा रहेको छ ।

गत बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मनुभएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

नकर्मीको शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको थियो ।


 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्