Nic Ad Nic Ad
Nic Ad Nic Ad

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात बन्द

आइतबार, साउन १३, २०८१

काठमाडौं - यातायात व्यवसायी आन्दोलित भएपछि गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ । रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने (राइड सेयरिङ)को विरोध गर्दै यातायात व्यवसायीले सार्वजनिक गाडी चलाउन बन्द गरेका हुन् ।


३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका उनीहरुले माग सम्बोधन नहुँदासम्म गाडी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए । व्यवसायीहरुले आफ्नो सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्