Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणीसहित यी नदीमा आकस्मिक बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

आइतबार, साउन १३, २०८१

चितवन - आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

साथै, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने र सतर्कता तह तलै रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


विभागका अनुसार आज मर्स्याङ्दी नदी, विमलनगरको जलसतह सतर्कता तहनजिक रहनेछ ।

आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, अछाम, डोटी, बझाङ, दार्चुला, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।


 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्