Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुर्खेतमा घर भत्किँदा एक किशोरी घाइते

आइतबार, साउन १३, २०८१

काठमाडौँ– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षातका कारण एक घर भत्किएको छ ।

वडा नम्बर १३ करेखोलामा स्थानीय खम्म बुढाको कच्ची घर वर्षातका कारण भत्किएको हो ।वर्षातका कारण घर भत्किँदा बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् ।

घर भत्किएर बालिका च्यापिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ । उनलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्