Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा ‘एंग्री योङ्गम्यान’

आइतबार, साउन १३, २०८१

काठमाडौं - फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्मको नयाँ पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा फिल्मको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । फिल्मको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्म असोज ३ गते अर्थात संविधान दिवसको दिन रिलिज हुँदैछ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्