Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा काँग्रेस-एमालेबीच केन्द्रकै मोडलमा सहमति

आइतबार, साउन १३, २०८१

काठमाडाैं -कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ ।

सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३र३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्