Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै, महत्त्वपूर्ण निर्देशन दिने

आइतबार, साउन १३, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(आज) सरकारका उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूसँग सामूहिक ब्रिफिङ लिँदै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै प्रधानमन्त्री ओलीले वर्तमान समस्याहरू बुझ्ने र आगामी दिनमा सरकार कसरी अघि बढ्ने भन्नेबारे मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन लागेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

उनका अनुसार मन्त्री–सचिवहरूबाट सामूहिक ब्रिफिङ लिई सकेपछि प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम छ । अहिले ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने भनिएको छलफलका लागि मन्त्री र सचिवहरू आइसकेका छन् भने प्रधानमन्त्री आउने क्रममा छन् ।


आज दिनभर जसो नै बृहत् छलफल हुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्