Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

आइतबार, साउन १३, २०८१

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री लामाको अनुरोध बमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मङ्गलवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

नेपाली काँग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले शनिवार १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्