Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीआईजी केसीको सरुवाको विषय सदनमा उठ्यो, रास्वपा नेताले कांग्रेस महामन्त्रीलाई यतिसम्म भने

आइतबार, साउन १३, २०८१

काठमाडौं– प्रहरीको विशेष ब्युरोका प्रमुख रहेका नायव महानिरिक्षक (डीआईजी) मनोज केसीको सरुवाको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आइतबारको संसद बैठकमा यो विषय उठाएका हुन्। उनले यहि प्रकरणमा नेपाली कांग्रेसका महामन्त्रीमाथि तेजिलो प्रहार समेत गरेका छन्।

उनले भने,‘नयाँ सरकार बन्दै गर्दा यो सरकारको उद्देश्य हामीलाई थाहा थियो। अहिले शृङ्खला देखिन थालेको छ। पहिलो शृङ्खला सरकार गठनपछि मन्त्रिमण्डल बन्दा नै देखिया थियो। अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई मन्त्री दिएर पुरस्कृत गरियो।’ 

यसमा जोड्दै ढकालले भने,‘दोस्रो, प्रादेशिक मन्त्री बनाउँदा गुण्डानाइके, अपहरण–फिरौती तथा मानव बेचबिखनमा मुद्दा खेपेकालाई रोजियो।’

कांग्रेस–एमाले सरकार बनेपछि प्रतिपक्षमा पुगेको रास्वपाका सांसद ढकाल थप्छन्,‘तेस्रो श्रृंखलामा एक अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीलाई सरुवा गरियो। उहाँलाई कसरी सरुवा गरियो? त्यो पनि विश्वासको मत लिएको दुई दिनभित्र। कुन उद्देश्यले यो सरकार बनेको हो भन्ने तर्क हामीले प्रस्तुत गरेका थियौँ। त्यही उद्देश्यका लागि यो गरिएको प्रष्ट भएको छ।’

आफ्ना सभापति रवि लामिछाने गृहमन्त्री भएका बेलाको सरुवाको प्रसङ्ग उठाउँदै कांग्रेस महामन्त्रीहरुमाथि नामै नलिइकन तेजिलो प्रहार गरेका ढकालले भने,‘असार १० गते इन्स्पेक्टर सरुवाका विषयमा कांग्रेसका एक महामन्त्रीले भ्रम फैलाउने गरी स्टाटस लेख्नुभएको थियो। उहाँ आज मनोज केसीको सरुवाका विषयमा बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न।’
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्