Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिनेश डीसी चलचित्र विकास बोर्ड अध्यक्ष बन्लान्? प्रधानमन्त्री ओलीको ‘ट्रेन्ड’ले त्यसो भन्दैन

आइतबार, साउन १३, २०८१

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्षबाट अभिनेता भुवन केसीको विदाईसँगै अब नयाँ नेतृत्वको निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने तयारी छ। 

सरकार परिवर्तन भई उक्त मन्त्रालय अहिले एमालेको भागमा परेको छ। एमालेका तर्फबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उक्त मन्त्रालयको नेतृत्व गरिरहेका छन्। 

तर अध्यक्षको प्रतिस्पर्धामा तीन जनाको दौड तिव्र छ। दिनेश डीसी, करिश्मा मानन्धर र दयाराम दाहाल। 

डीसी आफूलाई कट्टर एमाले मान्छन्। यसकारण पनि अबको नियुक्ति र अध्यक्षको जिम्मेवारी आफूले पाउनेमा उनी ढुक्क छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रेन्ड हेर्दा भने उनको भन्दा बढी चान्स अरुको नै पाइन्छ। 

दौड तिव्र चलिरहँदा एमालेका विभिन्न नेतासँगको भेटमा डीसी सक्रिय रहेका छन्। तर, अभिनेत्री करिश्मा मानन्धर भने पहिला बालकोट र अहिले बालुवाटार ओरीपरि नै देखिन्छिन्।

ओलीले पनि अहिलेसम्म नेतृत्वमा महिलालाई नै अवसर दिएको पाइन्छ। जसरी उनले झापाकी लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरे त्यसरी नै दुई बर्षे कार्यकालको अध्यक्ष मानन्धरलाई बनाउने चान्स धेरै छ। 

तर पर्दापछाडि भने सरिता लामिछानेदेखि दाहाललगायत पनि सक्रिय छन्। प्रतिस्पर्धामा भने डीसी र मानन्धर नै अघि रहेको एमाले स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्