Nic Ad Nic Ad
Nic Ad Nic Ad

साना दललाई बोकेर प्रगति नभएपछि कांग्रेस-एमाले मिल्यौँ : शेखर कोइराला

आइतबार, साउन १३, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था ल्याउन, लगानीको वातावरण बनाउन र रोजगारी बढाउन सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिल्नुपरेको उनको तर्क छ । संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको उनले बताए । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासायी बनाएको उनको तर्क छ ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समितिको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘केवल सत्ता टिकाउन सधैँ साना-साना २/४ सिटका दललाई बोकेर हिँडदा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसद्का पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्ने कुरा उठाएको हुँ ।’

कांग्रेस–एमाले गठबन्धन सरकारलाई कहीँकतै गल्ती गर्ने छुट नभएको उनले बताए । नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर लैजाने बताए । ‘कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’, उनले अगाडि भने ।कोइरालाले निरंकुशताविरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए । ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन, सम्पूर्ण नेपालीले दिनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु’, उनले भने।


 

प्रतिक्रिया दिनुहोस्