Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार

आइतबार, साउन १३, २०८१

काठमाडौँ - संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ । 

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो । 


प्रतिनिधि सभाको आजको बैठकमा सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिँदै निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न प्रतिनिधि सभाका महासचिवलाई निर्देशन दिइन्। 

यसअघि समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो । प्रतिनिधि सभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्