Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी

आइतबार, साउन १३, २०८१

काठमाडौं– नेकपा  केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।


उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे ।

बिचौलियाहरूको चलखेलमा अनावश्यक संरचनाहरू बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।


उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरूलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । 


 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्