Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना 

आइतबार, साउन १३, २०८१

काठमाडौँ -पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।

जोशी भ्रष्टाचारमा मुछिएको प्रकरणमा सात थान मुद्दा सर्वोच्चमा थिए । ती सबैको छिनोफानो आइतबार भएको हो । जोशीले आफूसँग जोडिएका मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च गएका थिए ।

यसअघि विशेष अदालत उनलाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी घिमिरेले जानकारी दिए । २०६९ फागुन ६ गते सर्वोच्चमा जोशीविरुद्ध नेपाल सरकारले दर्ता गराएको निवेदनसहित उनले पनि दायर गरेको पुनरावेदन पेश भएको थियो । भ्रष्टाचार मुद्दामध्ये यो भीआईपी प्रतिवादी जोडिएकव र पुरानो मुद्दा थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्