निलम्बित मुख्य सचिव अर्यालसँग ५० हजार धरौटी माग
काठमाडौँ - निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी मागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको प्रवक्ता कार्की ले बताए ।
मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ १८:४८
प्रतिक्रिया दिनुहोस्