Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई ल्यायो विदेशबाट

आइतबार, साउन १३, २०८१

काठमाडौँ- नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।

रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीवी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म छन् । रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले सम्बन्धित व्यक्तिको खोजी गर्नेछन् । फेला परे पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाउनेछन् ।

नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ वटा रेड नोटिस जारी भएको छ भने १९ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्