Nic Ad Nic Ad
Nic Ad Nic Ad

संक्रमणकालीन न्यायको विषयमा चलखेल नगर्न थापाको चेतावनी

आइतबार, साउन १३, २०८१

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा टुङ्गो लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले यो विषयमा चलखेल नगर्न समेत चेतावनी दिएका छन् ।

गम्भीर प्रकृतिका मुद्दाहरुमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाह गर्नु आपत्तिजनक हुने उनले बताए बताए । पार्टी निकट पूर्व प्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले पिडित सरोकारवालाको सहमती बिना ल्याईने कानुनले सङ्क्रमणकालिन न्याय दिन नसक्ने दाबी गरे । बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रहरी प्रशासनमा भइरहेको राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै थापाले अब जनताले शसक्त प्रतिबाद गर्ने समय आएको उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्