Nic Ad Nic Ad
Nic Ad Nic Ad

सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक बस्दै

सोमबार, साउन १४, २०८१

काठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।


सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्