Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे आज निर्णय हुने

सोमबार, साउन १४, २०८१

काठमाडौँ– निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक आज बस्दै छ ।

समितिका सचिवसमेत रहेका संसदका महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिए ।


बैठकले प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । यसअघि शुक्रबारको समिति बैठकमा उनको सुनुवाइ भएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् ।


सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको हो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्