Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

सोमबार, साउन १४, २०८१

काँक्रेविहार (सुर्खेत) - जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो । 

रिम्नावासी भावना रानाले भने,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”  भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताए । उनले भने, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।”  


 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्