गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु
काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै पत्ता लाग्न सकेको छैन ।
आइतबार बिहान गएको पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए । दुईजनाको भने घाइते अवस्थामा उद्धार गरी काठमाडौँमा ल्याएर उपचार भइरहेको छ ।
बेपत्ता भएकाहरूको आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि आज बिहानै देखि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए ।
पहिरोमा एकै घरका तीन सहित पाँच जना बेपत्ता भएका थिए।
बेपत्ता हुनेमा धार्चे गाउँपालिका–५ रेसेका जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुबा सुकलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ र हाइड्रो पावरका ट्याक्टर चालक रमेश परियार बेपत्ता छन्।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ ०९:३०
प्रतिक्रिया दिनुहोस्