Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले बोलायो सचिवालय बैठक

सोमबार, साउन १४, २०८१

काठमाडौं - सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको एमालेले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


उनका अनुसार सचिवालय बैठकमा यसअघिका विषयहरू छलफल हुनेछ । एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ । यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो ।


एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ । त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ । त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ । यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बोलायो सचिवालय बैठक
आइतबार, असार २३, २०८१