Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

सोमबार, साउन १४, २०८१

पोखरा - पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।


 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्