Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार संसदीय समितिको बैठक बस्दै

सोमबार, साउन १४, २०८१

काठमाडौँ -आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ. व. ०८१/०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । 


त्यस्तै साढे ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने बताइएको छ । उनीमाथिको संसदीय सुनुवाइ सकिसकेकाले आज अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिइनेछ । संवैधानिक परिषद्को बैठकले असार २ गते निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्