Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक सर्यो

सोमबार, साउन १४, २०८१

काठमाडौं - निर्वाचन आयोगको आयुक्त नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।

आज बिहान साढे ११ बजे बस्ने गरी तय भएको बैठक साँझ ५ बजे बस्नेगरी सारिएको हो । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११ः ३० बजेका लागि तय भएको बैठक आजै साँझ ५ बजे बस्नेगरी सारिएको जानकारी दिए ।

आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो । यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।

पीडितले समितिसँग आफूसँग प्रधानले विभिन्न प्रलोभन देखाउँदै मर्निङ वाकका बेला बोलाएर यौन सम्पर्क राखेकोदेखि अश्लील फिल्म देखाएर सम्पर्क राखेको बताएकी थिइन् । आफूले प्रहरीमा जाहेरी दिन गए पनि प्रधानको पहुँचका कारण अघि बढाउन नसकेकाले यौन दुर्व्यवहारको मुद्दा लिएर जिल्ला अदालतमा गएको पीडितको भनाइ थियो ।

पछि आफूले भोगेको शारीरिक र मानसिक पीडाको क्षतिपूर्ति स्वरूप पैसा लिएर जिल्ला अदालतको मुद्दामा मिलापत्र गरेको समेत उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्