Nic Ad Nic Ad
Nic Ad Nic Ad

७७ वटै जिल्लाका अध्यक्षको भेला गर्दै राप्रपा

सोमबार, साउन १४, २०८१

काठमाडौँ- राप्रपाले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ । काठमाडौँमा साउन १७ र १८ गते भेला गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्ष काठमाडौँ आउने क्रम सुरु भएको छ ।

भेलाको अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस आर बैंक्वेटमा उद्घाटन गर्नेछन्। विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, सक्रिय सदस्य वितरणको अवस्था तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने लगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

जिल्ला अध्यक्षहरूको भेलामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि पार्टीले कस्तो रणनीति तय गर्ने भन्ने रणनीति तय गर्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्