Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमन्त्रीले दिएको ५ हजार घुस प्रकरणमा छानबिनबारे सरकारको ध्यानाकर्षण

सोमबार, साउन १४, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले चर्चामा रहेका भ्रष्टाचारको फाइल खोल्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै घुस खाने र दिने दुवै व्यक्ति कानून अनुसार दोषी हुने बताए। उनले भने, ‘यही सदनमा एक जना माननीय सदस्यबाट खुलासा भएको घुस खाने कर्मचारीलाई सरकारले कारबाही गर्‍यो कि गरेन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

 

पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिएको सदनमै बोलेका थिए त्यसबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताइसकेका छन्।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्