Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तत्काल निलम्बन गर्न माग

सोमबार, साउन १४, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सांसद उदय शम्शेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई सरकारले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेको दाबी गरे । उनले भने ‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ?अथवा डिजीले राजीनामा नदियो भने सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नुपर्दैन ? हामीले यो विभिन्न घटनाहरू हुन्छ । हामी सबैले संसदमा बोल्छौँ ।’

सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रूपमा नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्